गगन थापालाई रमेश लेखकले दिए कडा जवाफ
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति हटाउन नमिल्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउने विधि र प्रक्रिया रहेको बताए ।
उनले भने, ‘पार्टी सभापति, केन्द्रीय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुनसक्छ । एउटा व्यक्तिले भनेरमात्रै हुँदैन ।’
नेता लेखकले कांग्रेस ठूलो लोकतान्त्रिक पार्टी भएकाले वादविवाद, आलोचना हुनु स्वाभाविक भएको बताए । उनले निश्चित प्रक्रिया र पद्धतिबाट मात्रै सभापति परिवर्तन हुने उल्लेख गरेका छन् ।
आगामी महाधिवेशनबाट मात्रै कांग्रेसले अर्को सभापति पाउने उनले बताएका छन् ।
महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई मार्ग प्रशस्त गर्न भन्दै राजीनामा माग गरेका थिए ।
थापाका पछिल्ला गतिविधि सभापति देउवाविरुद्ध केन्द्रित रहेका बेला नेता लेखकले थापालाई महाधिवेशनसम्म पर्खिन सुझाव दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया