तीन वटा ट्रकमा चोरी काण्ड, सशस्त्र प्रहरीद्वारा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले मकवानपुरबाट तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

हेटौँडा उप–महानगरपालिका वडा नं. १५ चुरियामाईस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट जेठ ३१ गते राति ११ बजे सशस्त्र प्रहरीले बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर ट्रक नियन्त्रणमा लिएको शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र वीरगंजबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रकमध्ये ना ५ ख ७१०१ र ना ७ ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 June 16, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया