एमाले बढ्ता भएपछि कांग्रेस र रास्वपा मिलेर पाठ सिकाए, बोल्नै सकेनन् एमालेका सांसदहरू

काठमाडौं । प्रतिनिधि सभाका बैठकमा एमालेले विनियोजन विधेयकमा छलफल चलिरहेका बेला बीचमा उठेर पुरानो कुरा उठाएपछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले उभिएर विशेष समय माग गरेका थिए ।

सभामुखको कुर्सीमा रहेकी उप–सभामुख इन्दिरा रानाले एमालेलाई समय दिइएकी थिइन् । एमालेका सचेतक बर्तौलाले आफ्ना सांसदलाई बोल्न भने । एमालेकी सांसदले बोल्ने क्रममा बिहीबार काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले भृकुटीमण्डपमा रोकिदिएको हिसानको शैक्षिक परामर्श मेला बन्द गरिदिएकोमा विरोध जनाएकी थिइन् ।

नेपाली कांग्रेसका सांसदद्वय सञ्जयकुमार गौतम र हृदयराम थानीले एमालेले कुन नियमावली र नियमअनुसार विशेष समय माग गरेको हो भनेर आपत्ति जनाएका थिए । गौतम र थानीले संसदमा गरिमालाई कायम राख्न एमालेलाई सचेत गराएका थिए ।

लगत्तै रास्वपाका सांसद मनीष झाले पनि एमालेले कुन नियम र व्यवस्थाअनुसार विशेष समय माग गरेर बोलेको हो भनेर प्रश्न गरेका थिए । झाले एमाले जस्तो पुरानो दलले आफूहरू जस्ता नयाँ दलहरूलाई कुन खालको कुरा सिकाउन खोजेको हो भनेर प्रश्न गरेका छन् ।

सांसद झाले बिहीबार नै काठमाडौं महानगरपालिकाले स्थानीय निकायको निमावलीअनुसार हिसानको शैक्षिक परामर्श मेला बन्द गराएको सदनलाई जानकारी गराएका थिए ।

Published : Friday, 2023 June 16, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया