बालेनले बोक्नै नसक्ने उपहार पाए, अहिलेसम्मकै उच्च

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’को फेसबुकको स्टाटसमा ३ लाख २५ हजारले लाइक गरेका छन् ।

भारतीय विवादित फिल्म ‘आदिपुरुष’को विरुद्ध लेखिएको स्टाटसमा ठूलो संख्यामा लाइक आएको छ । बिहीबार साँझ लेखिएको बालेनको स्टाटस शुक्रबार बिहान पौने दश बजेसम्म ६९ हजारले कमेन्ट गरेका छन् । ती सबै कमेन्ट बालेनको समर्थनमा छ ।

बालेनको यो स्टाटसलाई मन पराएर ४२ हजारले शेयर गरेका छन् । बालेनको यो स्टाटस नै सबैभन्दा धेरै लाइक, कमेन्ट र सेयर हुनेमा परेको दाबी गरिएको छ ।

बालेनले स्टाटसमाल लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइनेछैन ।’

उनले भनेका छन्, ‘यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’

Published : Friday, 2023 June 16, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया