काठमाडौंमा माेटरसाइकलले ट्रकलाई ओभरटेक गर्न खोज्दा सुमित्राको मृत्यु

काठमाडौं । काठमाडौंमा ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना भएको छ ।

दुर्घटनामा २० वर्षीया सुमित्रा मोक्तानको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रगिरि नगरपालिका–१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको ट्रकलाई प्र.३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बिहीबार दिउँसो दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

मोटरसाइकलमा सवार हाल चन्द्रागिरी नगरपालिका–३ बस्ने मकवानपुरको थाहा नगरपालिका–५ घर भएकी सुमित्रा मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुमित्राको शहीद मेमोरीयल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 June 15, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया