अवकास पाउन लागेका अर्याललाई मुख्य सचिव, शंकरलाई मन्त्री सरहको सुविधा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्यसचिव पदमा वैकुण्ठ अर्याललाई नियुक्त गरेका छन् ।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल तीन दिनपछि अनिवार्य अवकासमा जान लागेका छन् । अवकासमा जानुभन्दा अगाडि नै अर्यालले मुख्यसचिवको पद पाएका छन् ।
हालका सचिवहरूमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत थिए । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।
हालका मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ । वैरागीलाई मन्त्री सरहको सेवा सुविधासहित सल्लाहकारमा नियुक्त गरिएको छ ।
अहिले कार्यकाल सकिन लागेका अर्याललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिने वैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको हो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया