ईन्स्पेक्टरले तल्लो दर्जाका हवल्दार-सिपाहीलाई कुटेर घाइते बनाए, छानविन टोली गठन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक नवलप्रभात राईले ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेका छन् ।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक राईले ड्युटी राम्रोसँग नगरेको भन्दै कुटपिट गरेका हुन् ।
मंगलबार राति राईले झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशीलाई घाइते हुने गरेर कुटेका हुन् ।
राईले उनीहरूलाई मेची नदीको पानीमा चोबल्दै भाटाले हानेका थिए । उनीहरूलाई मंगलबार राति ८ बजे सीमाबाट गोरु छाडेको भन्दै कुटपिट गरेका थिए।
पोसाकमा रहेका प्रहरीलाई सादा पोसाकमा रहेका प्रहरी निरीक्षक राईसहितको टोलीले कुटपिट गरेपछि स्थानीय आक्रोशित भएका थिए ।
राति केही समय नकलबन्दा तनावग्रस्त भएको थियो । स्थानीयले सशस्त्र प्रहरी बल नकलबन्दा बिओपीको गाडी पनि तोडफोड गरेका छन् ।
सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल पुगेर ड्युटीमा रहेका प्रहरीलाई कुट्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय शान्त भएका छन् ।
कुटपिटमा संलग्न प्रहरी निरीक्षक राईसहितको टोलीलाई सशस्त्र प्रहरी बल २ नम्बर गण भद्रपुरमा राखिएको छ ।
घटनाको छानबिन गर्ने सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंको संयोजकत्वमा छानबिन समिति बनेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया