धनुषामा वडाध्यक्ष र सचिवलाई पक्राउ
काठमाडौं । सडकको निर्माण कार्य सम्पन्न भएको सिफारिस गरिदिएबापत ७० हजार रुपियाँ घुस लिने वडाध्यक्ष र सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
धनुषाको नगराइन नगरपालिका– २ का वडाध्यक्ष बुलन यादव र सचिव अमृतनारायण मिश्रलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
वडाध्यक्ष यादव र सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न भएको सिफारिसबापत घुस मागेका थिए ।
दुवैलाई अख्तियारको बर्दिवास कार्यालय टोलीले बुधबार नगराइन चोकबाट नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Published : Wednesday, 2023 June 14, 9:16 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया