पैतालीस जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले हेडक्वाटरमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८० जेठ २९ गतेको निर्णयले उनीहरूको बढुवा सिफारिस गर्ने निर्णय भएको थियो ।

Published : Wednesday, 2023 June 14, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया