चौबीस घण्टापछि निवास फर्किए राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
बुधबार बिहान ८ बजे राष्ट्रपति पौडेललाई डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेललाई चौबीस घण्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको डा.अधिकारीले बताएका छन् ।
मंगलबार बिहान ११ बजे पौडेललाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो ।
गंगालालमा राष्ट्रपति पौडेलको मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको छ ।

Published : Wednesday, 2023 June 14, 10:22 am
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया