एमालेले कांग्रेसलाई गुरु मान्यो, ओलीद्वारा ठ्याक्कै देउवाकै निर्णय कपी
काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन एमाले–माओवादी केन्द्रको गठबन्धन भत्काउन लिएको रणनीतिलाई एमालेले मधेश प्रदेश सरकारमा लिएको छ ।
मंगलबार एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर कांग्रेसको सिको गरेको छ । एमालेले विश्वासको मत फिर्ता लिएपछि यादव अल्पमतमा परेका थिए ।
एमालेले कांग्रेसलाई गुरु मानेर मधेश प्रदेश सरकारमा लिएको नीतिले मधेश प्रदेश सभा विपक्षी दलविहीन बनेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले–माओवादीको गठबन्धन भत्काउन केन्द्र सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए । तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेका थिए । देउवाको त्यो निर्णयले गठबन्धन भत्किएर कांग्रेस सत्तामा पुगेको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देउवाको त्यो निर्णयलाई अहिले आएर कपी गरेर कांग्रेस र देउवालाई गुरु मानेका छन् ।
यादवले पुन: प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा उपस्थित १०३ जना सांसदमध्ये विश्वासको मतको पक्षमा १०३ सांसदले मतदान गरेका हुन् । विपक्षमा शून्य मत परेको छ ।
एमालेले गठबन्धन भत्किएसँगै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको एमालेले ३०औँ दिनमा प्रतिपक्षमा बस्ने गरी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ ।
मुख्यमन्त्रीले आकस्मिक रूपमा प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिँदा सिङ्गो सदनकै मत पाएका छन् । मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया