पुल्चोकबाट सुनिता पक्राउ, प्रहरीले ताहाचलमा बुझायो, मुगुका प्रवीन कुलेश्वरमा फेला
काठमाडौं । प्रहरीले ललितपुरबाट ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई पक्रउा गरेको छ ।
वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छुभन्दै रकम ठगी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेलटार घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने सुनितालाई शुक्रबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुनिताले एक जनालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइ मोबाइल सफ्टवेयर कम्पनीमा ३ लाख ५० हजार रुपियाँ तलबमा काम लगाइदिन्छुभन्दै प्रलोभनमा पारी ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिएका थिए ।
पीडितबाट पटक–पटक गरी सुनिताले ६ लाख २१ हजार रुपियाँ लिई ठगी गरेको अभियोग लागेको छ । सुनितालाई प्रहरीले ललितपुर महानगरपालिका–३ पुल्चोकबाट पक्राउ गरेको हो ।
सुनितालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
उता, वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छुभन्दै रकम ठगी गरेको अभियोगमा मुगुको छाँयानाथ रारा नगरपालिका–३ ईमा घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३४ वर्षीय प्रवीन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
खड्काले २ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्क बिहीन भएका थिए ।
प्रवीनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेर उपस्थित गराउन प्रहरीलाई आग्रह गरेको थियो । प्रवीनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।
प्रवीनलाई पनि प्रहरीले थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया