सरकारी ढुकुटी भ्याएर एमालेका नेता तथा अध्यक्ष तिमिल्सिनाको ठूलो टोली चीन जान लाग्यो
काठमाडौं । मुलुकमा आर्थिक समस्या भइरहेका बेला लाखौं रुपियाँ सरकारी ढुकुटी सिध्याएर एमालेका नेता समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ठूलो टोली लिएर चीन जाने लागेका छन् ।
अध्यक्ष तिमिल्सिना शनिबार मध्यराति औपचारिक कार्यक्रमको लागि चीनतर्फ प्रस्थान गरेका हुन् । तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन जान लागेका छन् । राति १२:५ को साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।
प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सांसदहरू जीवन परियार, धवलशम्शेर जंगबहादुर राणा, प्रदीप यादव तथा राष्ट्रिय सभाका सांसदहरू उदयबहादुर बोहरा, दीपा गुरुङ र हरिराम चौधरी एवं अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उप–सचिव रामहरि थापा सहभागी छन् ।
भ्रमणका क्रममा बेइजिङमा अध्यक्ष तिमिल्सिनाले बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ संग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र लगायतका स्थलहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
औपचारिक भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । अध्यक्ष तिमिल्सिनासहितका सांसद र कर्मचारीहरूको टिकट, भ्रमण भत्तालगायतको खर्च नेपाल सरकारको ढुकुटीबाट नोक्सानी हुनेछ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया