सांसद अरुण चौधरीद्वारा ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रमको स्वागत
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सरकारको बजेटलाई समर्थन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतलाई धन्यावाद दिएका छन् ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०८०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले भने, ‘योभन्दा अगाडिको छलफलमा भाग लिँदै गर्दा कृषिमा दुई तीन वटा कुरालाई एकदमै जोड दिएर उठाएको पनि थिएँ र बजेट वक्तव्यमा अर्थमन्त्रीले प्रस्तुत पनि गर्नुभएको छ ।’
‘कृषिको क्षेत्रमा अहिलेको बजेटले थुप्रै ठाउँमा सम्बोधन गरेको जस्तो लाग्छ । बजेटको अहिले नै आलोचना र धन्यावाद दिइहाल्नुपर्ने अवस्था मैले देखेको छैन’, उनले भने, ‘विशेषत कृषि क्षेत्रमा २७ वटा बुँदामा रुपान्तरण गरेर कृषिलाई कसरी प्रबर्धन गर्न सकिन्छ भनेर योजनाहरु ल्याउनुभएको छ । धन्यावाद दिन चाहन्छु ।’
सांसद चौधरीले भने, ‘तराईको क्षेत्रमा चक्लाबन्दी खेती छ । मेरो पछाडि रहेको टिम जसले कृषिमा काम गर्छ । अहिले पनि नमूनाको रुपमा टीकापुरमा काम गरिरहेको छ । हामीले अब चक्लाबन्दी खेती र उत्पादन साथमा अनुदान हातमा मैले विशेष गरेर जोड दिने गरेको थिएँ ।’
‘झोलामा खेती गर्ने प्रवृत्ति छ । त्यसको अन्त्य हुनुपर्छ भनेर बजेटमा समायोजन गर्नुभएको छ । अर्थमन्त्रीज्यूलाई धन्यावाद पनि दिन चाहन्छु’, उनले भने, ‘चक्लाबन्दी खेती हामीले अब आउने बजेटमा कसरी लैजान सकिन्छ ? किनकि कार्यक्रम बनाइ कार्यान्वयन गर्न सकिन भने अबको एक वर्षपछि हामीले यो गरेका थियौँ भनेर एक वर्षपछि जवाफ दिँदा के अवस्था हुन्छ ?’
उनले भने, ‘अब आउने बजेटमा जति पनि कृषिमा प्राविधिक तयार गर्छौं । किसानहरुले प्राविधिक शिक्षा लिए वा अन्य प्राधिक बने, प्राधिक बनेपछि लोकसेवा आयोगको परीक्षा दिएर कुर्सीमा बस्छन् । उनीहरुले बजेट मात्रै तयार गर्छन् ।’
सांसद चौधरीले किसानको खेतबारीमा गएर काम गर्न सक्ने प्राविधिक खोजेको बताएका छन् । उनले उत्पादनमा खर्च गर्ने भनिएको बजेटले सार्थकता पाउने बताए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया