दिङ्लाका राई बलात्कार काण्डमा झापामा पक्राउ

काठमाडौं । झापाबाट प्रहरीले २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय उज्वल राईलाई पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–३ डेरा गरी बस्ने भोजपुरको दिङ्ला गाउँपालिका–५ घर भएका राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेका थिए । पीडित किशोरीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Thursday, 2023 June 8, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया