नेपाललाई खोक्रो बनाउन राज्यलाई लुट्ने यी हुन् चिनियाँ नागरिक

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय झाओ जिङपेन र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटस्थित गैह्र–कानुनी रुपमा शंकास्पद गतिविधी भइरहेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैध रुपमा भीओआईपी संचालन गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरु, नेपाली रुपियाँ र विभिन्न देशका मुद्राहरु सहित बरामद गरेको छ ।

उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

Published : Wednesday, 2023 June 7, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया