नागरिकता विधेयकमा प्रचण्डले एमालेलाई नाङ्गेझार बनाए, नराम्रोसँग फसे तीन दल

काठमाडौं । नागरिकता विधेयकका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभालाई स्पट पारेपछि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शिर निहुरिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले नागरिकता विधेयक तत्कालीन समयमा सर्वसम्मत रुपमा ल्याइएको बताए । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेकै नागरिकता विधेयक अध्यादेशबाट ल्याएको प्रधानमन्त्री दाहालले बताएका छन् ।

उनले तत्कालीन समयमा सर्वसम्मत रुपमा पास गरिएको विधेयकलाई स्वीकृत गरिएको बताएका छन् । विगतमा प्रतिनिधि सभा बैठकले नागरिकता विधेयकलाई दुई पटक पारित गरेर स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाएकोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएर राखेकी थिइन् ।

Published : Monday, 2023 June 5, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया