पोखरामा दुई जनाको मिर्गौला प्रत्यारोपण
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा दुई जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।
आइतबार दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो । तनहुँको व्यासका २५ वर्षीया पुनम थापा मगरको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गरेका छन् ।
पर्वतको मोदी–४ का २७ वर्षीय गमबहादुर मगरको पनि आइतबार नै मिर्गौला प्रत्यारोपण गरिएको छ । मगरलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए । प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा हालसम्म पोखरामा आठ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
मिर्गौला प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठ, डा.दीपेश श्रेष्ठ, डा.हरिप्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा.अनुप चापागाई, एनेस्थेसियोलोजिष्ट डा.रोहीनी सिग्देल, डा. माया लामा र नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत केसी, ओटी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया