ओली कुर्सीमा बसेको बसै, एमालेले दुई महिनाको रेकर्ड तोड्ला ?
काठमाडौं । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नेमकिपाले अबरोध गरेपछि प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
आइतबार बसेको बैठकमा एमालेसहितका दलहरूले नागरिकता विधेयकको विरोध गरेर सदन अबरोध गरेका हुन् । उनीहरूले सदन चल्नै दिएनन् । एक घण्टाका लागि स्थगित भएको संसद सोमबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरेर रोकिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयकलाई स्वीकृति प्रदान गरिएपछि एमालेसहितका दलहरूले विरोध गरेका छन् । राष्ट्रिय सभाको बैठक पनि एमालेले अबरोध गरेको छ । एमालेले नागरिकता विधेयक फिर्ताको माग गरेर राष्ट्रिय सभामा अबरोध गरेको थियो ।
एमालेले विगतमा दुई महिनासम्म लगातार संसद अबरोध गरेर रेकर्ड बनाइसकेको छ । एमालेले सानातिना कुरामा संसद अबरोध गरेर हैरान बनाउँदै आएको छ ।
संसद अबरोध गर्दाका दिन एमालेका सांसदहरूले तलब र भत्ता पनि बुझ्ने गरेका छन् । सदन नचलेका दिनको तलब र भत्ता नलिनुपर्ने हो । तर, कम्युनिस्टहरूलाई लाजश्रम छैन । उनीहरूले संसद अबरोध गरेर तलब खाने गरेका छन् ।
आइतबारको संसद अबरोध गर्दा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता खड्गप्रसाद ओली पनि आएका थिए । सदनमा उपस्थित भएका ओली शुरुमा उभिएका थिएनन् । पछि उभिएर विरोध गरेका थिए । एमालेका सबै सांसदहरू उभिएका बेला ओली कुर्सीमा बसेर रमिता हेरेका थिए । पछि आलोचना हुने डरले उभिएर विरोध गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया