एमालेसहितका दलहरूद्वारा संसदमा हँगामा, नागरिकता विधेयक फिर्ता लिन माग

काठमाडौं । प्रमुख विपक्षी दल एमालेसहितका विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा उभिएर अरोध गरेको छ ।

आइतबार बसेको बैठकमा एमालेसहितका दलहरूका सांसदहरूले शुरुमा उभिएर अबरोध गरेका हुन् । एमाले, राप्रपा, रास्वपासहितका दलहरूले संसद बैठक अबरोध गरेका छन् ।

एमालेका सांसदहरूले उभिएर अबरोध गरेपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन् ।

प्रमुख सचेतक गिरीले नागरिकता विधेयक राष्ट्रपतिबाट स्वीकृत भएकोमा विरोध गरेका छन् । उनले असंवैधानिक ढंगले नागरिकता विधेयक स्वीकृत गरेको बताएका छन् ।

एमालेका प्रमुख सचेतक गिरीले निस्क्रिय रहेको विधेयकलाई निस्क्रिय नै राख्नुपर्ने माग गरे । उनले विधेयकलाई निस्क्रिय बनाएर संसदबाट विधेयकलाई अगाडि बढाउन माग गरेका छन् ।

एमालेका प्रमुख सचेतक गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आएर बंगलादेश मोडलमा सीमा विवाद समाधान गर्न दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नागरिकता विधेयकको विरोध गरेका छन् । उनले नागरिकता विधेयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । परियारले विधेयकलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

राप्रपाका सांसद तथा अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयकको विरोध गरेका छन् । उनले राष्ट्रपति भन्ने संस्थालाई निष्पक्ष हुँदैन भन्ने कुरा पुष्टि भएको भन्दै भारत भ्रमणमा जानुभन्दा अगाडि नागरिकता विधेयक स्वीकृत गरेको भन्दै विरोध गरेका छन् ।

अध्यक्ष लिङदेनले रेशम चौधरीलाई आममाफी दिएको विषयको पनि विरोध गरेका छन् । उनले तीन वटा अदालतबाट सजाय पाएको व्यक्तिलाई दिएको आममाफीका विषयको विरोध गरेका छन् ।

Published : Sunday, 2023 June 4, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया