सभापति देउवाले दिए छोरा–बुहारीलाई आशीर्वाद, कस्ती छिन् बुहारी ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले शिवाना श्रेष्ठ इन्गेजमेन्ट गरेका छन् ।
काठमाडौंमा बिहीबार बेलुका विशेष समारोहमा जयवीर र शिवानाबीच इन्गेजमेन्ट भएको हो । जयवीर र शिवाना लामो समयदेखि प्रेममा थिए ।
इन्गेजमेन्टमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए ।
इन्गेजमेन्ट समारोहमा सभापति देउवाका साथै पत्नी आरजु राणा, प्रतिभा राणा (आरज राणाकी आमा)लगायतको सहभागिता रहेको थियो ।
दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिएर आशीर्वाद दिएका छन् ।
जेठको पहिलो साता जयवीर र शिवानाले औंठी साटासाट गरेका थिए । आगामी भदौमा जयवीर र शिवानाबीच विवाहको तयारी भएको बुझिएको छ ।
जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् । शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया