बलात्कार आरोपी उप–प्रध्यापक गौतम निलम्बन, हिरासतमा दिन कटाउँदै
लमही । दाङको देउखुरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक शेषमणि गौतमलाई पदबाट निलम्बित गरिएको छ ।
गौतम बलात्कारको अभियोगमा प्रहरी हिरासतमा परेका छन् । बिहीबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले गौतमलाई निलम्बन गर्ने निर्णय गरेको क्याम्पस प्रमुख शिव वलीले जानकारी दिएका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए ।
लमही नगरपालिका वडा नं. ५ रातोडाँडाका उप–प्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए ।
जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो । गौतम क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया