काठमाडौंमा बालेनद्वारा प्रहरीको बिटमाथि ‘अट्याक’

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले जडीबुटीको अस्थायी प्रहरी बिट भत्काइदिएका छन् ।

शान्ति सुरक्षामा खटिएको प्रहरी बस्दै आएको अस्थायी प्रहरी बिटलाई नगर प्रमुख शाहको आदेशमा भत्काएर हटाइएको हो ।

महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले नेपाल प्रहरी बस्दै आएको जडीबुटीको बिट डोजर लगाएर भत्काएको बताएका छन् ।

सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने कार्य अन्तर्गत काठमाडौंभित्रका प्रहरीको संरचना महानगरले हटाइरहेको छ ।

यसअघि, नगर प्रमुख शाहले मैतीदेवी चोक र पुरानो बसपार्क छेउमा रहेको प्रहरीको अस्थायी संरचना हटाइदिएका छन् ।

नगर प्रमुख शाहले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि रहेको प्रहरी बिट, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट लगायतका स्थानमा रहेका प्रहरी बिट हटाउन निर्देशन दिएका थिए ।

Published : Monday, 2023 May 22, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया