नक्कली भुटानी शरणार्थी प्रकरणको बीउ रोप्ने को–को हुन् ? किन पक्राउ हुँदैन ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा ठूलामाछाहरू पनि पक्राउ परेका छन् । नक्कली भटानी शरणार्थी प्रकरण तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यकालदेखि शुरु भएको देखिन्छ । प्रहरीले अनुसन्धान गर्दा ओलीसमेतलाई अनुसन्धानको दायरामा लयाउनुपर्ने माग छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई पनि पक्राउ गरेर कारबाहीको माग उठेको छ । तर, थापालाई पक्राउ गर्ने सुरसार अहिलेसम्म छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके तत्कालीन गृहमन्त्री थापाकै सुरक्षा सल्लाहकार छन् । थापाकै छोरा प्रतीक थापा पनि संलग्न छन् । प्रतीक फरार छन् ।

प्रहरीले तत्कालीन प्रधानमन्त्री ओलीसम्म अनुसन्धान पुर्‍याउनुपर्ने माग उठेको छ । ओलीको संलग्नता नक्कली भुटानी शरणार्थी प्रकरणमा नहोला तर, उनका आसेपासेहरूको नाम जोडिएर आएको छ ।

नेपाली नागरिकता त्याग गरेर नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिर्न खोज्ने व्यक्तिहरूलाई पनि कारबाही गर्न माग उठेको छ । अमेरिका छिर्न खोज्नेहरूकै कारण दलालहरूलाई अपराध गर्न उकासेको छ । अपराध गर्ने र अपराध गर्न उक्साउनेहरूलाई पनि कानूनअनुसार कारबाही गर्नुपर्ने माग छ ।

प्रहरीले अहिलेसम्म एमालेका नेता समेत रहेका पूर्वउप–प्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र हज समितिका अध्यक्ष तथा माओवादी केन्द्रका नेता शमशेर मियाँलाई पक्राउ गरिरकेको छ ।

पक्राउ पर्नेमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालका साथै एमालेका नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि रहेका छन् ।

दलालहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, रामशरण केसी, गोविन्द चौधरीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा नीरज राई फरार छन् । उनीहरूलाई प्रहरीले धमाधम खोजी गरिरहेको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालयले नक्कली भुटानी प्रकरणमा हात हालेको थियो । अपराध कार्यालयका प्रमुख (एसएसपी) मनोज केसीले केही सूचना चुहाएका कारण ठूला दोषीहरू छुट्न पुगेको आरोप छ । एसएसपी केसीले नै केही ठूला मिडियालाई सूचना दिएको आरोप छ । होइन भने तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री थापा किन अहिलेसम्म अनुसन्धानको दायरामा परेनन् ? भनेर प्रश्न उठेको छ ।

कार्यदल बनाउने निर्णय ओलीकै सरकारले गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको बीउ रोप्नेहरू खुला रुपमा सडकमा हिँडिरहेका छन् । एसएसपी केसीले नेपाली कांग्रेसका नेताहरूलाई मात्रै निशाना बनाएको आरोप छ ।

Published : Saturday, 2023 May 20, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया