सत्तरी करोड काण्डमा मन्त्री गुमाएका बास्कोटाद्वारा सभापति लामिछानेसँग भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एमालेका नेता गोकुल बास्कोटाले भेटवार्ता गरेका छन् ।
काठमाडौंमा भएको भेटवार्तामा लामिछाने र बास्कोटाबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । उनीहरूका बीच के कुरा भएको थियो ? केही भनिएको छैन ।
एमाले र रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । एमाले र रास्वपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कसरी ढाल्न सकिन्छ भनेर आन्तरिक गृहकार्य गरिरहेका बेला लामिछानेसँग बास्कोटाले भेट गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटा ७० करोड कमिशन काण्डमा परेपछि मन्त्री पद गुमाएका थिए ।
भ्रष्टाचारविरुद्ध सरकारले अभियान चलाइरहेका बेला एमालेका नेता बास्कोटाले रास्वपाका सभापति लामिछानेसँग भेट गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया