प्रहरी हिरासतमा पूर्वसांसद आङ्टावाको टाउको कसरी फुट्यो ?
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी हिरासतमा रहेका पूर्वसांसद आङ्टावा शेर्पाको टाउको र शरीरमा चोट लागेको घटनाका सम्बन्धमा प्रहरीसँग जानकारी माग गरेको छ ।
शेर्पा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंको हिरासतमा रहेका बेला कसरी घाइते भएभन्दै आयोगले प्रहरीलाई प्रश्न सोधेको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असूली गरेको आरोप शेर्पालाई लागेको छ । उनलाई सोमबार हिरासतमा राखेको छ ।
शेर्पा हिरासतमा भएकै बेला गम्भीर घाइते भएपछि प्रहरीले वीर अस्पताल लगेको थियो । प्रहरीले उनी शौचालय जाँदा लडेर घाइते भएको दाबी गरेको छ । परिवारले प्रहरीले यातना दिएका कारण घाइते भएको बताएको छ ।
आयोगले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गर्दै यातनाका कारण घाइते भएको भन्दै परिवारले बताएको प्रति आफूहरूको ध्यानाकर्षण भएको बताएको छ ।
‘पक्राउ पूर्जी समेत जारी नभएको अवस्थामा आफैं बुझ्न प्रहरी कार्यालय पुगेको व्यक्ति यसरी घाइते हुनु पछाडि के भएको हो ? जानकारी गराउनु होला’, आयोगको पत्रमा भनिएको छ ।
शेर्पाका छोरा आङनिमा शर्पाले कानूनको सम्मान गर्दै आफैं प्रहरीमा पुगेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर यातना दिएपछि अन्य व्यक्तिहरू प्रहरी चौकी जानै डराउनुपर्ने स्थिति सिर्जना भएको बताए ।
स्वास्थ्य अवस्था नसुधारिएपछि शेर्पालाई फेरि थापाथलीस्थित ब्लूक्रस अस्पताल भर्ना गरिएको छ । शेर्पा पूर्णत: होसमा आइनसकेको छोरा आङनिमाले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया