सह–सचिव र उप–सचिवहरूको सरुवा, सीडीओहरू फेरिए

काठमाडौं । गृह मन्त्रालयले ९ जना सह–सचिव र १३ उप–सचिवको सरुवा गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको सरुवा भएको छ । उनको गुल्मीमा सरुवा गरिएको हो ।

केसीको स्थानमा गृह मन्त्रालयबाट वासुदेव घिमिरे आउने भएका छन् । केसी भदौ २९ गते कास्कीमा सरुवा भइ आएका थिए ।

सरुवाको सूची अनुसार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेरमा परेका छन् ।

सह–सचिव खटाइने जिल्ला धादिङ, ललितपुर, कास्की, अछाम, अर्घाखाँची, गुल्मी र उपसचिव खटाइएका जिल्लामा रुकुम पूर्व र तेह्रथुमका प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन भएका छन् ।

ललितपुरका प्रजिअ जयनारायण अचार्यलाई गृहमा तानिएको छ । ललितपुरमा रुद्रप्रसाद पण्डितलाई खटिएका छन् । पण्डित पञ्जीकरण विभागका महानिर्देशक थिए । पण्डितको ठाउँमा झक्कप्रसाद आचार्यलाई पठाइएको छ ।

सह–सचिव बद्रिनाथ पाण्डेलाई धादिङ र हालैमात्र गृहमा भित्रिएका शिवराम न्यौपानेलाई अछाम खटाइएको छ । कमलराज ढकाललाई अर्घाखाँची पठाइएको छ ।

Published : Wednesday, 2023 May 17, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया