राजनीतिको आडमा माधव नेपालको असुली धन्दा, कसले दियो १ करोड र ५०–५० लाखहरू ?

काठमाडौं । तनहुँका के.श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)लाई एक करोड चन्दा दिएको खुलासा भएको छ ।

एकीकृत समाजवादीलाई एक करोड रुपियाँ दिने चन्दादाताका विषयमा अध्यक्ष माधव नेपालले लुकाएका छन् ।

नेकपा (एकीकृत समाजवादीले २५ हजारभन्दा धेरै चन्दा दिने दाताको नाम र रकम आफ्नो लेखापरीक्षण प्रतिवेदनमा समावेश गरेको छ । धेरै रकम चन्दा दिन दाताहरूको नाम लुकाइएको छ ।

एकीकृत समाजवादीले आर्थिक वर्ष २०७८/०७९ को निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा तनहुँका के.श्रेष्ठले १ करोड चन्दा दिएको उल्लेख छ ।

नेपालगञ्जका एस.बुढाले ५० लाख दिएका छन् । ललितपुरकै के.जी. महर्जनले ५० लाख र काठमाडौंका ए.बी. तामाङले २८ लाख चन्दा दिएको प्रतिवेदनमा उल्लेख छ ।

एकीकृत समाजवादीले प्रवासी नेपाली एकता मञ्चबाट ६२ लाख ६३ हजार ३४७ रुपियाँ चन्दा असुलेको छ ।

पेसागत संगठनहरूबाट ६७ लाख ५२ हजार ५०० रुपियाँ चन्दा असुलेको प्रतिवेदनमा उल्लेख छ ।

Published : Wednesday, 2023 May 17, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया