कांग्रेस र मदन भण्डारीबारे ओलीले जथाभाबी बोले
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको बताए ।
कांग्रेस किंकर्तव्यविमूढ भएको आरोप ओली लगाएका छन् । उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए ।
अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको बताएका छन् ।
‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ’, उनले भने, ‘मानिसहरूको लिन खोजीरहेका छन्, खासगरी सत्ताधारीहरूले, सत्ताधारी गठबन्धनले त्यो दु:खद् कुरा हो ।’
उनले भने, ‘देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली काग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो ।’
‘देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ’, ओलीले भने, ‘आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’
ओलीले भने, ‘यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुत: पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन ।’
‘हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ’, उनले भनेका छन् ।
‘अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो’, उनले भने, ‘नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन हो, कार्यक्रम बिहीन गठबन्धन हो ।’
अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए । उनले अहिलेको सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सीमित रहेको बताए ।
ओलीले मदन भण्डारीको हत्याबारे समयक्रममा सत्यतथ्य बाहिर आउने बताएका छन् । उनले भने, ‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि ।’
‘उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो’, ओलीले भने, ‘नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर ।’
ओलीले भने, ‘यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’
ओली पटक पटक प्रधानमन्त्री बनेका छन् । एमाले पटक पटक सत्तामा गएको छ । मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको विषयमा स्पष्ट बाहिर ल्याउन नसकेका ओलीले सत्ता बाहिर जानेवित्तिकै मदन भण्डारीको हत्या भएको भन्दै छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने भनेर कार्यकर्तालाई गुमराहमा राखेका छन् । ओली प्रधानमन्त्री थिए । मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति बनिन् । ओली र विद्यादेवीले सिन्को पनि भाँच्न सकेनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया