सभापति लामिछानेको अमेरिकी नागरिकता त्याग गरेको प्रमाण माग, फेरि डेन्जर जोनमा
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी नागरिकता त्यागेको प्रमाण माग गरेको छ ।
युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै निस्सा (प्रमाण) उपलब्ध गराउन भनेको हो ।
‘निवेदक युवराज पौडेल सफल र प्रत्यार्थी विपक्षी महान्यायाधिवक्तको कार्यालय रामशाहपथ काठमाडौं समेत भएको उत्प्रेषण समेत विषयको रिट निवेदनमा मिति २०७९/१२/२२ मा प्रस्तुत मुद्दाका प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भएपनि झिकाई पेश गर्नु भनी भएको आदेशनुसार प्रस्तुत पत्र लेखिएको छ’, पत्रमा उल्लेख गरिएको छ ।
सभापति लामिछानेको दोहोरो नागरिकता भएकै कारण दोषी ठहर गर्दै सर्वोच्च अदालतले फैसला गरेपछि सांसद पदसहित उप–प्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका थिए ।
कीर्ते काण्डका नाइकेका रुपमा परिचित सभापति लामिछानेले नेपाल र अमेरिका दुबै देशको राहदान लिएर अख्तियारी दुरुपयोग गरेको अभियोग लागेको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया