नक्कली भुटानी शरणार्थी प्रकरणमा डा.आरजु राणाको संलग्नता छ ? के छ भनाइ ?
काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य डा.आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पनि संलग्नता रहेको भनि सामाजिक संजालमार्फत सार्वजनिक भएको अडियोलाई प्रयोगशालामा परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै डा.राणाले उक्त अडियोलाई ‘फेक अडियो’को संज्ञा दिएकी छिन् । उनले यस्ता फेक अडियो र फेक मिडियामाथि राज्यले सुपरभिजन गर्न माग गरेकी छिन् ।
नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने प्रक्रियामा सहयोग गरेवापत राणालाई पनि दुई करोड रुपियाँ दिएको भन्ने अडियो वार्तासँगै राणालाई त्यसमा जोडेर नेपालबाट भारत हुँदै सिंगापुर पुगिसकेको सामाजिक संजालमा प्रसारित समाचारप्रति आक्रोसित बनेकी थिइन् ।
राणाले भनिन्, ‘म यहाँ उपस्थित भएको त सबैले देखिरहनु भएकै होला । म फिजिकल फर्ममै यहाँ छु ।’
शरणार्थी प्रकरण नेपालको लज्जास्पद प्रकरण भएको टिप्पणी गर्दै राणाले आफ्नोबारेमा प्रसारित भ्रमपूर्ण समाचारले आफ्नो चरित्र हत्या मात्र गरेको नभई एक महिलाको चरित्रमाथि नै रेप गरेको आरोप लगाइन् ।
अडियोको विषयमा प्रयोगशालामार्फत परीक्षण गरी सत्यतथ्य सार्वजनिक गरिदिन नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा, (सीबीआई) र साइबर क्राइम व्यूरोमा ६ दिनअघि उजुरी दिन जाँदा उक्त उजुरी दर्ता गर्न घण्टौँ समय लागेको मात्र नभई अहिलेसम्म किन त्यो अडियोबारे सत्यतथ्य सार्वजनिक नगरेको भनि प्रश्न गरिन् ।
पटक उक्त अडियोको विषयमा छानविन गरी सत्यतथ्य सार्वजनिक गरिदिन माग गरेकी राणाले शरणार्थी प्रकरणको विषयमा जोडिएको अडियोबारे र उक्त घटनाको विषयमा जानकारी पाउँन आफू आत्तुर रहेको बताइन् ।
उनले भनेकी छिन्, ‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनु भएकै होला । म फिजिकल फर्ममै यहाँ छु । र म यसपटक के पनि भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्टै पुगिसकेको रहेछ । म सोसिय मिडयामा त्यति एक्टिभ छैन ।’
‘तर, यो देख्दा मलाई के लाग्यो भने, हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनु पर्यो’, राणाले भनेकी छिन् ।
‘सेकेण्ड प्वाइन्ट म के भन्न चाहन्छु भने, मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडियो, मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा (प्रकरणमा) इन्भल्भमेन्ट भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेष्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ’, उनले भनेकी छिन्, ‘त्यो दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरुले विश्वास गर्नु हुन्न होला ।’
‘सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो, त्यो दर्ता गराउन । र, त्यसको पनि जवाफ म गृह मन्त्रालयबाट सिक (खोज्न) चाहन्छु’, उनले भनेकी छिन् ।
‘त्यो दर्ता गर्न अलमल किन थियो त ? र ६ दिन हुँदा पनि त्यो फेक हो कि होइन भनेर किन बताउन सकिएको छैैन ?’, कांग्रेस नेतृ राणाको भनाइ छ ।
‘अरु जस्तै म त झनै आत्तुर छु, किन कि फेक अडियो मेरो मात्रै बनेको होइन, अरु अरुको पनि बनेको छ । तर, नाम मेरो मात्रै उच्चारण किन हुन्छ ?’, उनले भनेकी छिन् ।
राणाले भनिन्, ‘मलाई साँच्चै भन्ने हो भने, एज वोमन, यो एउटा क्यारेक्टर एसासिनियशन होइन, दिस इज ए रेप अफ माई क्यारेक्टर । र, म यो चाहिँ एकदम कडाइका साथ भन्छु, वोमनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा हामीले व्यहोर्न सक्नु पर्छ, म व्यहोरी रहेको छु । तर, यस्तो किसिमको कदम महिलाप्रति नगरियोस् यो देशमा ।’
‘योभन्दा अगाडि पनि धेरै महिलाहरूलाई स्वीसाइड गर्नलाई फोर्स गरिएको छ मिडियाले । म चाहिँ त्यो एउटा भिक्टिम हुने महिला होइन । दिस इज माई रेप अफ माई क्यारेक्टर । गर्भन्मेण्टले चाँडै नै यो टेपको सत्यतथ्य उजागर गरोस्। र अरु जत्तिजनाको पनि नाम आएको छ, त्यसमा को चाहिँ दोषी हो र को होइन, त्यो प्रष्टताका साथ आउनु पर्छ’, उनले भनेकी छिन् ।
‘किन कि सबै जना एउटै ब्रसले पेण्ट भएको हुन्न । मान्छेको आफ्नोे आफ्नो राय हुन्छ । कसैलाई मन पर्छ कसैलाई मन पर्दैन । द्याट्स् ए पर्सनल बिजनेस । तर, कसैको क्यारेक्टर एसासिनियशन गर्नेभन्दा अगाडि हजारचोटी सोँच्न म अनुरोध गर्न चाहन्छु’, उनले भनेकी छिन् ।
उनले भनिन्, ‘जुन यो नक्कली भुटानी शरणार्थी काण्ड छ, यो देशका लागि सबभन्दा लज्जासस्पद काण्ड मलाई पनि लागेको छ । हुन त, हाम्रो देशका चेलीबेटीहरू रोज बेचबिखनमा परेका छन् । त्यसतर्फ पनि म सरकारको ध्यान आकर्षित गर्न चाहन्छु ।’
‘कस्तो परिस्थित होला त हाम्रो देशको ? आफ्नो नागरिकता भएकोहरुले पनि त्यागेर म अर्को देशको नागरिक भनेर जान बाध्यतामा तिनिहरुको सिच्युएसन कस्तो होला ? त्यो कुरालाई पनि हामीले एड्डेस गर्नु पर्छ’, राणाले भनेकी छिन् ।
‘यो मात्रै कि खाली यो पार्टी राम्रो कि त्यो पार्टी राम्रो ? यो ठूलो कि त्यो ठूलो भनेर यहाँ हामी कोही ठूलो हुने छैनौँ । देशको लागि हामीले काम गरेर देखाउँ । यो जुन ह्युमन ट्राफिकिङको यो ग्लोबल प्याण्डामिकै जस्तो छ । यसमा नेपालको एउटा नराम्रो नाम छ’, उनले भनेकी छिन् ।
‘यहाँबाट धेरै चेलीहरु ट्राफिकिङ भएर जान्छन् । त्यसका लागि म सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु कि, हाम्रो एउटा स्पेशल कमिटी अन ट्राफिकिङ बनाउँ र जति पनि ट्राफीकर्सहरू नेपालमा एक्टिभ छन् त्यो भन्दा राम्रो काम सरकारले गरेर देखाओस् । किन कि हामीले रोक्न सक्छौँ । तर, हाम्रो त्यतातिर कुनै इन्टेन्सन नै देखिन्न । सम्मानित श्रमको राम्रो व्यवस्था गरौँ । यो एक्स्प्लोएटेटिभ श्रममा जाने जुन हाम्रो ट्रेण्ड भएको छ त्यसलाई रोक्न पनि म अनुरोध गर्न चाहन्छु’, उनले भनेकी छिन् ।
‘अन्त्यमा फेरिपनि यो भुटानी शरणार्थी केसको जुन फेक टेप मेरो नाममा बनाइएको थियो, त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न मभन्दा आत्तुर कोही छैन । यो केसको फाइनल रिपोर्ट आओस् भनेर फेरिपनि आग्रह गर्दै आफ्नो भनाई राख्न समय दिनु भएकोमा धन्यवाद भन्न चाहन्छु’, नेतृ राणाले भनेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया