आङ्टावा शेर्पाबारे ठूलो खुलासा, आफै आए, केही छिनपछि घर जाने
काठमाडौं । पूर्वसांसद आङ्टावा शेर्पाले आफ्नो विषयमा सञ्चारमाध्यममा आएपछि जानकारी लिन जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा उपस्थित भएका छन् ।
सोमबार साँझ शेर्पा आफ्नो विषयमा के कसो हो ? भनेर चासो लिएर आएको काठमाडौं प्रहरीका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए । उनले भने, ‘आङ्टावा शेर्पाज्यू जिल्ला प्रहरी परिसर काठमाडौंमा आउनुभएको छ । उहाँको विषयमा सञ्चारमाध्यममा विभिन्न खालका समाचार आएको रहेछ । सो समाचार र पक्राउ पुर्जी जारी भएको भनेर समाचार आएको विषयमा के कसो हो भनेर बुझ्न आउनुभएको छ ।’
प्रवक्ता रिजालले भने, ‘शेर्पाज्यूको विषयमा पक्राउ पुर्जी पनि जारी भएको छैन । उहाँलाई हामीले खोजेका पनि थिएनौँ । उहाँलाई हिरासतमा राख्नुपर्ने कुरा पनि रहेन ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले पनि आङ्टावा शेर्पाका विरुद्ध पक्राउ पुर्जी जारी नभएको बताए । कार्कीले भने, ‘उहाँको विरुद्ध पक्राउ पुर्जी जारी पनि भएको छैन । सञ्चारमाध्यममा पक्राउ पुर्जी जारी भएको भनेर कसरी समाचार आयो ? हामीलाई थाहा भएन । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएर आएपछि के कसो हो भनेर बुझ्न आउनुभएको रहेछ । उहाँको निवेदन लिएर कागजी प्रक्रिया गरेर पठाउँछौँ ।’
शेर्पा नेपाली कांग्रेसका नेता हुन् । शेर्पालाई नक्कली भुटानी शरणार्थी प्रकरणका नाम मुछेर समाचार आएका थिए । शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको भनेर फेक समाचार आएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, पूर्वउप–प्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।
साथै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा भने फरार रहेका छन् ।
काठमाडौं उपत्यका अपराध कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरूलाई पक्राउ गर्ने कार्य गरेको थियो ।
व्यक्तिगत इगोका कारण प्रहरीका केही उच्च तहका हाकिमहरूले फेक समाचार लेखाएको भनेर आरोप पनि खेप्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया