आरजु राणालाई किन लखेटिरहन्छ ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाविरुद्ध चरित्र हत्या हुने गरेर समाचार आइरहेका छन् ।

राणाविरुद्ध सामाजिक सञ्जालमा पनि तथानाम गालीगलौज भइरहेका छन् । राणा लोकतन्त्रप्रति विश्वास राख्छिन् । किन भने लोकतन्त्रमा मिडिया निकै बलियो हुन्छ । मिडिया बलियो भयो भने मात्रै लोकतन्त्र बचाउन सकिन्छ भन्ने नेतृ राणाको बुझाइ छ ।

राणाले आफूविरुद्ध आउने समाचारमा कुनै पनि कानूनी उपचार खोज्ने गरेकी छैनन् । किन भने मिडियामा आउने कुराको धेरै पछाडि लागेर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई दु:ख दिनु हुँदैन भन्ने मान्यता राणाको छ ।

राणाको यही कमजोरीका कारण विशेष गरेर उनको विरोधीहरूले फाइदा उठाइरहेका छन् । कम्युनिस्टहरूले नेतृ राणाका विरुद्ध गतिविधि गर्नु कुनै नौलो कुरा भएन । तर, आफ्नै पार्टीका नेताहरूबाट राणाविरुद्ध हुने आक्रमणप्रति भने गम्भीर बन्ने बेला आएको छ ।

विशेष गरेर नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द पोखरेल, अजयबाबु शिवाकोटीहरू आक्रामक रुपमा लागेका छन् ।

कम्युनिस्टले केही लेख्नु पर्दा होस् वा भ्रष्टाचारबाट बच्नु पर्‍यो भने राणाको नाम जोड्छन् । राणाले कहिल्यै पनि ती कुरालाई धेरै महत्व दिएकी छैनन् । उनले आफ्नो सम्पत्तिमाथी छानविनको माग समेत गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा आफू र आफ्ना पति शेरबहादुर देउवाको सम्पत्तिको छानविन गर्न माग गरेकी छिन् ।

यता, भुटानी शरणार्थीको काण्डमा नेतृ राणाको नाम मुछेर स्वार्थी समूहले आफ्नो रोटी सेकिरहेको छ । फेक अडियो बनाए राणाको चरित्र हत्या गरिरहेको छ । त्यो अडियो फेक हो भन्ने कुरा प्रहरीले प्रारम्भीक अनुमान गरिसकेको छ । जथाभावी समाचार नलेख्न प्रहरीले भनिसकेको छ ।

तर, कथित ठूला मिडियाहरूले राणाको चरित्र हत्या गर्ने काम गरिरहेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रमुख एसएसपी डा.मनोज केसीले नेतृ राणाविरुद्ध निकै गतिविधि गरिरहेका छन् । कान्तिपुर दैनिकमा कार्यरत आफ्ना साडुभाइलाई राणाविरुद्ध समाचार लेखाएको आरोप पनि छ ।

त्यति मात्रै होइन एसएसपी राणाले महामन्त्री गगन थापालाई पनि सूचनाहरू चुहाउने गरेको आरोप छ । एसएसपी केसीले आफ्नो स्वार्थका लागि अति नगर्न सुझाव आएको छ ।

Published : Thursday, 2023 May 11, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया