एमाले जस्तो भगौडा हाेइनन् पूर्वगृहमन्त्री खाण र केसी, अनुसन्धानमा सहयोग गर्न प्रहरीमा हाजिर
काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका तत्कालीन निजी सचिव नरेन्द्र केसीलाई साेधपुछका लागि नियन्यत्रणमा लिएकाे छ ।
बुधबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंले खाण र केसीलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले पूर्वगृहमन्त्री खाण र तत्कालीन निजी सचिव केसीलाई पक्राउ गरिएको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाण र केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले खाण र केसीको संलग्नता छ वा छैन भनेर बुझ्नका लागि ल्याइएको प्रहरी प्रमुख एसएसपी कार्कीले बताएका छन् ।
खाण नेपाली कांग्रेसका नेता हुन् । खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।
आफ्नो संलग्नता नरहेकै कारण पूर्वगृहमन्त्री खाण कम्युनिस्टहरू जस्तो लुकेर भोगेनन् । खाणले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका छन् ।
नक्कली भुटानी शरणार्थी काण्डका नाइके एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी भागेका छन् । रायमाझीलाई नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर र काठमाडौं उपत्यका अपराध नियन्त्रण कार्यालयका प्रमुख (एसएसपी) मनोज केसीले भगाएको आरोप छ ।
आईजीपी कुँवर र पूर्वमन्त्री तथा एमालेका सचिव रायमाझीको एउटै जिल्ला पर्छ । उनीहरूको अर्घाखाँचीमा घर रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । पाण्डेको गह मन्त्रालयबाट उप–राष्ट्रपति कार्यालयमा सरुवा भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका छन् ।
प्रकणमा मुछिएका तत्कालीन उप–प्रधानमन्त्री तथा उर्जामन्त्री रायमाझी फरार छन् । बुधवार पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका हुन् ।
कम्युनिस्ट जस्तो पिठ्यु फर्काएर भाग्नेहरूमा कांग्रेसका नेताहरू पर्दैनन् । उनीहरू निर्दोष भएकै कारण अनुसन्धानमा सहयोग गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया