प्रचण्डद्वारा देउवा र ओलीसँग छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग परामर्श गरेका छन् ।

मंगलबार बालुवाटारमा दाहालले देउवा र ओलीसँग संसदमा विचाराधीन विधेयकहरूका विषयमा छलफल गरेका हुन् ।

संसदमा रहेका विचाराधीन विधेयकका साथै प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

तीन शीर्ष नेताहरूका बीच नक्कली भुटानी शरणार्थी प्रकरणमा छलफल भयो वा भएन ? केही भनिएको छैन ।

दाहाल, देउवा र ओलीबीच सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको बताइएको छ ।

Published : Tuesday, 2023 May 9, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया