नाङ्गै–बुङ्गै बनेका अमरेशलाई जेल हाल्ने तयारी, ठाकुरले दिए भ्रष्टाचारको प्रमाण

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई संसदभित्र कपडा निकालेर नाङ्गै बनाएका छन् ।

सोमबार संसद बैठक चलिरहेका बेला सिंहले सदनमा उठेर आफूले लगाएको कपडाहरू खोलेकाहुन् । उनले कम्मरभन्दा माथिको सबै कपडा निकालेका थिए ।

सिंहको निच हर्कतदेखेर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन निर्देशन दिएका हुन् ।

उनले सभ्य नभए नियमानुसार कारबाही गर्ने जानकारी गराए । सांसद अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् । सिंहले उठेर आफूले लगाएको सर्ट र सेण्डो उतारेर अर्धनग्न बनेका थिए ।

सभामुख घिमिरेले बैठकमा विशेष समय र आकस्मिक समयको प्रवर्द्धन नगरेको जानकारी गराएपछि सांसद अमरेशकुमार सिंह र प्रेम सुवालले समय माग गरेका थिए ।

सभामुखले समय नदिएपछि त्यसको विरोधमा सांसद सिंहले सर्ट फुकालेर अर्धनग्न भएका हुन् ।

यसैबीच, स्वतन्त्र सांसद सिंहविरुद्ध अख्तियार दरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ । सर्लाहीका स्थानीय हाल भक्तपुर बस्दै आएका विकास ठाकुरले सिंहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

सिंहकै निर्वाचन क्षेत्रका ठाकुरले सांसद सिंहले कमाइ गरेको अकुत सम्पत्तिका विषयमा छानविनको माग गरेका छन् । उनले सिंहलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

अख्तियारले छानविन गरेर दोषी पाएमा विशेष अदालतमा मुद्धा चलाउनेछ । अदालतले उनलाई जेल पनि हाल्न सक्छ ।

Published : Monday, 2023 May 8, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया