आरज र मञ्जुको नक्कली अडियो सार्वजनिक गर्ने फेक वेबपोर्टललाई कारबाही, बन्दै गर्ने निर्णय
काठमाडौं । नेपाली प्रेस काउन्सिलले ‘नेशनल डेली डटकम’ वेबपोर्टललाई नेपालभित्र प्रकाशन र प्रशारणमा बन्देज लगाउने निर्णय गरेको छ ।
प्रेस काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर ‘नेशनल डेली डटकम’लाई नेपालभित्र अर्को व्यवस्था नभएसम्मका लागि प्रकाशन र प्रशारण बन्द गर्न पत्र लेखेका हुन् ।
कुनै पनि नियामक निकायमा दर्ता नै नभएको वेबपोर्टलले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय आरजु राणा र मञ्जु खाणविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेको थियो ।
सो वेबपोर्टलले ‘भुटानी शरणार्थी प्रकरण, आरजु र पूर्वगृहमन्त्री खाणले घुस लिएको अडियो सार्वजनिक (अडियोसहित)’ शीर्षक राखेर वैशाख २३ गते भ्रामक समाचार सम्प्रेषण गरेको उजुरी प्रेस काउन्सिलमा परेको थियो ।
कांग्रेस नेतृ तथा प्रतिनिधि सभाकी सांसद खाणले प्रेस काउन्सिलमा आफ्नो नाम जोडेर नक्कली आवाजको भिडिो बनाइ सामाजिक सञ्जाल र अनलाइनहरूमा सम्प्रेषण गरेर व्यक्तिगत चरित्रहत्याको कार्यमा संलग्न अनलाइन मिडियालाई कारबाहीको माग गरेर उजुरी दिएकी थिइन् ।
प्रेस काउन्सिलले पनि सो उजुरीका विषयमा सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ । व्यक्तिगत चरित्र हत्या हुने त्यस्ता खालका समाचारप्रति प्रेस काउन्सिलले कडाइ थालेको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया