बाटैबाट हराएर एमालेको नाक काटेका टोपबहादुरको यस्तो छ योजना
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझी फरार भएर सबैलाई चकित बनाएका छन् ।
संविधान र कानून कार्यान्वयन गर्नुपर्ने व्यक्ति नै पक्राउ पुर्जी जारी हुनेवित्तिकै फरार हुनु चिन्ताको विषय हो । नेपालमा कानून र संविधान उल्लंघन गर्नेहरू भनेका ठूला नेताहरू नै हुन् । र, ठूला भनिएका कर्मचारीहरू पनि कानूनभन्दा माथि जान चाहन्छन् ।
नेपाल प्रहरीले अनुसन्धानका क्रममा एमालेका सचिव तथा पूर्वमन्त्री रायमाझीविरुद्ध प्रमाणहरू फेला पारेर नै पक्राउ पुर्जी जारी गरेको हो । कानूनी राज्य र जनताको अधिकारलाई सुनिश्चित गराउन कानूनलाई सबैले पालना गर्नुपर्छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका रायमाझीलाई बचाउन हाइलेबलबाट प्रयास गरिरहेका छन् । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेर एमालेका सचिव तथा पूर्वमन्त्री रायमाझीलाई कारबाही नगर्न दवाव दिएका छन् ।
रायमाझी लुकेर बसेर प्रहरीले अदालतमा मुद्धा बुझायो भने अदालतमा पुगेर हारिज हुने तयारी गरेका छन् । किन भने उनी पावरफुल छन् । रायमाझीलाई बचाउन एमालेका अध्यक्ष ओली नै लागेका छन् । सानालाई कानून लाग्छ । ठूलालाई कानूनले छुन पनि सक्दैन भन्ने उदाहरण एमाले र पूर्वमन्त्री रायमाझीले देखाएका छन् ।
रायमाझीले प्रहरीलाई अनुसन्धान र छानविनमा सहयोग गर्नुपर्नेमा फरार भएर असहयोग गरिरहेका छन् । कम्युनिस्टहरू अपराध गर्ने र छानविन हुँदा भाग्ने कार्य पुरानै हो ।
किन भने विगतमा पनि बालुवाटारको ललितानिवासको जग्गा काण्डमा एमालेका तत्कालीन महासचिव तथा पूर्वमन्त्री विष्णु पौडेलले जग्गा फिर्ता गरेर कारबाहीबाट उन्मुक्ति पाएका थिए । पौडेललाई बचाउने प्रमुख नाइके एमालेको त्यस बेलाको सरकार थियो । पौडेललाई जस्तै रायामाझीलाई पनि ओलीले बचाउन लागेका छन् ।
नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका सबैलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने निर्णय गरेको छ । कांग्रेसको यो निर्णयले भुटानी शरणार्थी काण्डमा मुछिएकाहरूलाई तनाब भएको छ ।
कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम पनि मुछिएको छ । खाणको बचाउमा कांग्रेस नलाग्ने निर्णय गरिसकेको छ । कांग्रेसको शुक्रबारको पदाधिकारी बैठकले खाणलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राख्ने संकेत देखिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया