भोटेखोलामा हेलिकप्टर दुर्घटना, के हेरेर बसेका छन् प्रदीप अधिकारी ?

काठमाडौं । नेपाली आकाश असुरक्षित रहेको भनेर आलोचना भइरहेका बेला सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

शुक्रबार संखुवासभामा हेलिकप्टर दुर्घना हुँदा भविन गुरुङको मृत्यु भएको संखुवाभास प्रहरीले जनाएको छ । गुरुङ दुर्घटनामा गम्भीर घाइते भएका थिए ।

मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका– ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गतिलो काम गर्न नसक्दा हवाइ दुर्घटनाहरू भइरहेको आरोप छ ।

अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि ठूला ठूला दुर्घटना भइसकेका छन् । महानिर्देशक अधिकारीले जिम्मेवारीअनुसार काम नगरेको भनेर गुनासाहरू आउँदा पनि सरकारले कारबाहीको कुनै कदम उठाउन सकेको छैन ।

महानिर्देशक अधिकारीले हवाइ कम्पनीहरूलाई अनुगमन गर्न नसकेका कारण दुर्घटना भइरहेको आरोप छ ।

Published : Friday, 2023 May 5, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया