एमाले नेतृ अस्मिताद्वारा काम प्रधानन्यायाधीश कार्कीलाई भव्य स्वागत, बजार पनि घुमाइन्

काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई एमालेकी नेतृ तथा गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले भव्य स्वागत गरेकी छिन् ।

बुधबार ओखलढुंगाको लिखु गाउँपालिकामा एमाले नेतृ थापाले काम प्रधानन्यायाधीश कार्कीलाई स्वागत गरेकी हुन् ।

कार्की सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएपनि एमालेको अबरोधका कारण नियुक्ति पाएका छैनन् । कार्की प्रस्तावित न्यायाधीश विनोद शर्मासहित लिखु पुगेका थिए ।

ओखलढुंगा कामु प्रधानन्यायाधीशको गृहजिल्ला पर्छ । कार्कीले लिखु गाउँपालिका– ३ स्थित नर्मदेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरेका छन् ।

कार्कीले एमाले नेतृ थापासँगै ससुराली जिल्ला रामेछापको साँघुटार बजारमा आफन्तीहरूसँग भेट पनि गरेका छन् ।

नर्मदेश्वरमा कार्कीलाई गाउँपालिकाकी उपाध्यक्ष तथा एमाले नेतृ अस्मिता थापा र वडाध्यक्ष शोकर्ण श्रेष्ठले स्वागत गरेका थिए ।

कामु प्रधानन्यायाधीश कार्की विगतमा एमाले समर्थक कै थिए । सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएपछि कार्कीले दलीय आवद्धता छाडेका थिए ।

प्रधानन्यायाधीशमा नियुक्ति पाउन नसकिरहेका कार्कीलाई एमाले नेतृ थापाले भव्य स्वागत गरेकी छिन् । लिखु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्कीले जितेका छन् ।

काम प्रधानन्यायाधीशको स्वागतमा पालिकाका अध्यक्ष कार्की देखिएका छैनन् । तर, एमालेकी नेतृले स्वागत गरेर सबैलाई चकित तुल्याइदिएकी छिन् ।

Published : Wednesday, 2023 May 3, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया