एमालेका नेता तथा तत्कालीन गृहमन्त्रीका छोराविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत, काठमाडौंले प्रतीकलाई पक्राउ गर्न पुर्जी दिएको स्रोतले जनाएको छ । प्रतीकले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउनेभन्दै असुली गरेको आरोप छ ।
उनले गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतसँग पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो ।
प्रहरीले चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरूको बयानका क्रममा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकले पनि आफूहरूसँग सहयोग गरेको बताएका छन् ।
पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वगृहसचिव एवं राष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् ।
एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ ।
उनीहरूको बयान लिने क्रममा एमालेका नेता रामबहादुर थापा ‘बादल’ र नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री भएका बेला कर्मचारी प्रशासन तथा सचिवालयलाई मिलाएर नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।
तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि संलग्न देखिएका छन् । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया