एमालेका सचिव तथा पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप पक्राउ
काठमाडौं । एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ परेका छन् ।
नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीपलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको स्रोतले जनाएको छ ।
पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । पूर्वमन्त्री रायमाझी गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जान्छु भनेर हिँडेका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा पूर्वमन्त्री रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको छ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका रायमाझीले सहयोग गरेको पुष्टि भएको छ ।
गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया