एमालेका नेताका कारण सरकारी बैंकको करोडभन्दा धेरै रकम डुब्न लाग्यो, कर्मचारी धरधरी रुन थाले

काठमाडौं । एमालेका नेता सुवासचन्द्र नेम्वाङको जग्गा धितोमा राखेर लिइएको सरकारी बैंकको करोडौंको ऋण राजनीतिक शक्तिको दुरुपयोग गरेर नतिर्न अटेर गरेको खुलासा भएको छ ।

नेम्वाङले आफ्ना आफन्तको नाममा नेपाल बैंकबाट ऋण लिएका थिए । बिक्रम संवत् २०७३ सालमा इलामको इलाम नगरपालिका–२ स्थित कित्ता नम्बर २४६ को जग्गा धितोमा राखेर एक करोड ५० लाख ऋण लिएका हुन् ।

ललितपुरको बाँडेगाउँमा अवस्थित पाम फुड्स एण्ड बेभरेज टेक्नोलोजी प्रा.लिको नाममा एक करोड ५० लाख रुपियाँ कर्जा प्रवाह भएको छ ।

कुल ३ करोड २० लाख रुपियाँ भ्यालुएसन गरेर नेम्वाङका भाइ–बुहारी देवकुमारी लिम्बु (भाइ सुरेश लिम्बु) र कम्पनीका पर्टनर रुद्रप्रसाद गिरीका नाममा ऋण लिइएको छ । नेम्वाङले राजनीतिक शक्तिको आडमा ऋण तिर्न अटेर गरेको उच्च स्रोतले जनाएको छ । नेम्वाङले दवाव दिएर नेपाल बैंकलाई जग्गा लिलामीमा निकाल्न पनि दिएका छैनन् ।

नेम्वाङ्गको जग्गा राखेर २०७३ साल चैत २५ गते डेढ करोड रुपियाँ ऋण लिएका ऋणिहरूले २०७५ जेठ २ गतेसम्म किस्ता बुझाएका छन् । नेम्वाङले हालसम्म किस्ता बुझाएका छैनन् ।

किस्ता नआएपछि बैंकले पत्र काटेर ऋण लिने र जमानीकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको थियो । एमालेका नेता नेम्वाङको जग्गा धितोमा रहेका कारण नेपाल बैंकले ऋणी तथा जमानीकर्ताहरूलाई कालोसूचीमा राख्न सकेको छैन ।

नेम्वाङसँग सावाँतर्फ एक करोड ५० लाख र ब्याज करिब ८० लाख रुपियाँ उठ्न बाँकी छ ।

Published : Wednesday, 2023 May 3, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया