कसैलाई आधारहीन गालीगलौज गर्ने अधिकार छैन : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद आरजु राणाले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने कार्यहरू भएको भन्दै चिन्ता जनाएकी छिन् ।
कांग्रेस नेतृ राणाले मंगलबार विज्ञप्ति जारी गरेर आफूविरुद्ध निराधार र कपोकल्पीत आरोप लगाएर दुस्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् ।
उनले भनेकी छिन्, ‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ’, उनले भनेकी छिन्, ‘कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छाना लगाउने अधिकार छैन ।’
कांग्रेस नेतृ राणाले भनेकी छिन्, ‘नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ ।’
‘तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचारहरू दिन सकिन्छ । नियोजित रुपमा मबिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन बिभिन्न विवादहरूमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण संचारमाध्यम र संचारकर्मीहरूले बुझीदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
उनले भनेकी छिन्, ‘हरेकजसो अन्तर्वार्तामा केही व्यक्तिहरू नियोजित रुपमै मेरोबिरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु ।’
प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कांग्रेस नेतृ राणाविरुद्ध एउटा अन्तर्वार्तामा जथाभावी बोलेका थिए ।
राणाविरुद्ध व्यक्तिगत लाञ्छना लगाएर सिंहले अभिव्यक्ति दिएपछि नाम नलिएर नेतृ राणाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया