राष्ट्रपति पौडेलले आफ्नो स्वास्थ्य उपचारका खर्च आफैले व्यहोर्ने, राज्यसँग नलिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको आफ्नो उपचारको खर्च आफैले व्यहोर्ने जनाएका छन् ।
राष्ट्रपति पौडेलेको स्वकीय सचिवालयले मंगलबार विज्ञप्ति जारी गरेर भारतमा उपचारका क्रममा भएको खर्च स्वयं राष्ट्रपति पौडेलले व्यहोर्ने उल्लेख गरिउको छ ।
‘उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयंले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको कोषबाट लाखौँ रुपियाँ उपचारका नाममा सिध्याएकी थिइन् । भण्डारी एमालेबाट दुई पटक राष्ट्रपति बनेकी थिइन् ।
पौडेल कांग्रेसका पूर्व नेता हुन् । उनले जनताको चाहनाअनुसार आफूलाई काममा सक्रिय बनाउँदै आएका छन् ।

Published : Tuesday, 2023 May 2, 1:03 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया