एमालेका फरार सांसद कोइरीलाई बचाउन सभामुखले हद पार गरे

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका एमालेका सांसद लक्ष्मी काइरी महतोलाई सभामुख देवराज घिमिरेले संरक्षण गरेको खुलासा भएको छ ।

एमालेको निर्देशनमा सभामुख घिमिरेले कोइरीलाई बचाएको आरोप छ । एमाले र घिमिरेको कोइरीलाई निलम्बन गर्नबाट बचाइएको छ ।

हत्या अभियोगमा उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । सोही अवस्थामा मंसिर ४ गते प्रतिनिधि सभा सदस्यमा निर्वाचित कोइरी निलम्बनमा पर्नुपर्ने थियो ।

सभामुख घिमिरेले कोइरीलाई निलम्बन हुनबाट जोगाइरहेका छन् । घिमिरे एमालेबाट सभामुख बनेका हुन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने घिमिरेले एमालेको आदेशलाई कार्यान्वयन गर्दै आएको आरोप छ ।

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका सांसद स्वतः निलम्बनमा पर्ने हुन्छ ।
एमालेको दबाबमा सभामुख घिमिरेले निलम्बनको सूचना जारी गर्न आनाकानी गरेका हुन् ।

नियमावलीको नियम २४८ (३) मा भनिएको छ, ‘अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

नेपाल प्रहरीका सई थमन थापालाई एम्बुलेन्सबाट जबर्जस्ती निकालेर हत्या गरेको आरोप कोइरीलाई छ । कांग्रेस सांसद रामहरि खतिवडाले कोइरीलाई पक्राउ गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार रास्वपा सांसद निशा डाँगीले पनि कोइरी निलम्बनमा नहुनुको कारण माग गरेकी छिन् । संविधानअनुसार संसदको १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भएमा सांसद पद स्वतः निष्क्रिय हुन्छ ।

सांसद पद निष्क्रिय हुनबाट जोगाउन कोइरीले दुईपटक बिरामी परेर उपचार गराइरहेको जानकारी संसद सचिवाललाई गराएका छन् ।

Published : Friday, 2023 April 28, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया