आयोगको आह्वानले मिटरब्याजीहरूको सातोपुत्लो उड्यो, देशभरिबाट निवेदन माग
काठमाडौं । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूबाट निवेदन माग गरेको छ ।
पीडितहरूले देशभरिबाट विभिन्न चरणमा काठमाडौंसम्म आएर कष्टपूर्ण संघर्ष गरेका थिए । सरकारले २०७९ चैत २० गते गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो ।
आयोगको कार्यालय धनुषामा राखेर मिटरब्याजसम्बन्धी अपराधका विषयमा सत्यतथ्य जाँच बुझ गर्ने निर्णय गरेको थियो ।
आयोगले कार्यालय स्थापनाका लागि पहल थाल्दै पीडितहरूबाट निवेदनसमेत आह्वान गरेको छ ।
आयोगका अध्यक्ष कार्कीले बिहीबार विज्ञप्ति जारी गरेर पीडितहरूबाट १५ दिनभित्र निवेदन दिन माग गरेका छन् । आयोगका अनुसार पीडितहरूले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।
‘यस आयोगबाट अनुचित लेनदेन (मिटरब्याज)बाट पीडितहरुको निवेदन आह्वान गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पीडितहरूले आफ्नो भएसम्मका सबुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सिधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ ।’
‘प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ ।’
अध्यक्ष कार्कीले विज्ञप्तिमार्फत् भनेका छन्, ‘निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको छ ।’
आयोगले वैशाख १७ देखि ३१ गतेसम्म पीडितहरूबाट आवेदन लिने जनाएको छ । काठमाडौंमा नै केही मिटर व्याजीहरूले पीडितहरूविरुद्ध चेक बाउन्सको मुद्दा प्रहरीमा दर्ता गराएर दुःख दिएका बेला आयोगले उजुरीको निवेदन माग गरेको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया