पाण्डेसँग प्रचण्डले चुनावमा गरेको बाचा पूरा गरे
काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले शुक्रबार पद तथा गोपनीयताका शपथ लिनेछन् ।
पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीका लागि ३५ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । पाण्डेले तीन दलका ३५ जना सांसदसहित आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् ।
पाण्डेले प्रदेश प्रमुख गुरुङ र प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाएका हुन् ।
पाण्डेलाई नेपाली कांग्रेस २७, माओवादी ७ र स्वतन्त्र १ जना संसदको समर्थन छ । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठन गर्न ३१ सांसदको आवश्यक पर्छ ।
पाण्डे गोरखाबाट निर्वाचित सांसद हुन् । पाण्डेलाई निर्वाचनका बेला माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्री बनाउन सहयोग गर्ने आश्वासन दिएका थिए । झण्डै फुत्किएको मुख्यमन्त्री पद पाण्डेले ढिला भएपनि पाएका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया