भित्तामा पुग्यो एमाले, कांग्रेसका चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।
बिहीबार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । चौधरी बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
कांग्रेसका नेता चौधरी लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । चौधरीले शुक्रबार बिहान ११ बजे दाङको देउखुरीस्थित मसुरियाको बाघढ्ढीमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।
चौधरीले बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित भएका हुन् ।
बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्ने समयसीमा दिइएको थियो । यसअघि, चौधरी ग्रामीण, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको जिम्मेवारीमा थिए । चौधरीलाई एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य सबै दलहरूको समर्थन छ ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका हुन् ।
८७ सदस्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका, नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का १–१ र एक जना स्वतन्त्र सांसद छन् ।
एमालेका लीला गिरीले विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री पद गुमाएका थिए । एमालेलाई कांग्रेससहितका दलहरूले भित्तमा पुर्याइदिएका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया