केटासँग बोलेको भन्दै विद्यालयभित्रै किशोरी कुट्ने १३ जना केटीहरूको समूह पक्राउ
सुजता लिम्बू
विराटनगर । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटक व्यक्तिगत होस् या संस्थागत गतिविधि सार्वजनिक गर्ने राम्रो ‘प्लाटफम’ बनेको छ ।
सामाजिक सञ्जालमा सम्प्रेषण भएका केही सामग्री प्रेरणादायी हुन्छन् । केही समाजलाई तरंगित बनाउने खालका हुन्छन् । केही दिनअघि सामाजिक सञ्जालमा मोरङको एक विद्यालयमा छात्रा एकापसमा झगडा गरेको भिडियो सार्वजनिक भयो । एकहुल छात्राले एक्ली किशोरीलाई कुटपिट गरेको दृश्य देख्न सकिन्थ्यो । घटना मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माविको हो ।
वैशाख ६ गते भएको घटनामा कक्षा ८ मा पढ्ने १४ वर्षीया नीता (नाम परिवर्तन)लाई सोही स्कुलमा अध्ययनरत छात्राले झापड हानेकी थिए । झगडाको कारण थियो पीडित नीता कुनै किशोरसँग बोलको । किशोरसँग किन बोलेको भन्दै ती किशोरीले नीतालाई झापड हानेकी थिइन् ।
एक्कासि पिटाइ खाँदा नीता जवाफविहीन बनिन् । जवाफमा उनले भनेकी थिइन्, ‘म हैन ऊ आफै बोलेको हो ।’ उनीमाथि आइलाग्ने ती एक्ली किशोरी मात्रै थिइनन् । उनीसँग १३ जनाको समूह थियो । त्यही समूहले जथाभावी गालीगलौजसँगै शारीरिक पीडा पनि दिए ।
त्यसो त पीडित किशोरीलाई मात्र नभएर उनकी आमालाई समेत त्यो समूहले अनेक लाञ्छना लगाएको थियो । त्यो आक्रामक भीडमा उनी निरुत्तर भइन् । न प्रतिकार गर्न सकिन् न कुनै जवाफ नै फर्काउन नै सकिन् । कुट्न थालेको भिडियो त्यहीमध्येकै एक किशोरीले खिचेकी थिइन् । त्यही समूहबाट भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
छोरीमाथि सामूहिक रूपमा आक्रमण भएपछि नीताकी आमाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मार्ने उद्योगको जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले पीडित किशोरीलाई कुटपिट गर्ने १३ जना छात्रालाई वैशाख ११ गते नियन्त्रणमा लिएको छ । घाइते किशोरीको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कक्षा ८ देखि कक्षा १० सम्मका किशोरीहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन् । दाहालका अनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया